प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्षमा कपिलवस्तुका मशहुद खाँ



कपिलवस्तु, असोज ,३ प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति सामाजिक विकास मंत्री सुदर्शन बराल को अध्यक्षता मा रहने गरि मदरसा शिक्षाका क्षेत्रमा निकै संघर्षशील व्यक्ति का रूपमा चिनिएका कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ चैपुरवा का मशहुद खाँलाई विहिबार उपाध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

प्रदेश नं. ५ सरकारले प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्षमा कपिलवस्तुका मशहुद खाँ लाई नियुक्त गरेको छ ।

प्रदेश सरकारले प्रदेश सरकारबाट स्वीकृत प्रदेश स्तरीय मदरसा शिक्षा व्यबस्थापन कार्यबिधि, २०७६ को दफा ४ मा प्रदेश स्तरीय मदरसा शिक्षा व्यबस्थापन समिति व्यबस्था गरेको र उक्त समितिमा मुस्लिम समुदायबाट प्रतिष्ठित व्यक्तिमध्येबाट प्रदेश सरकारले उपाध्यक्ष मनोनित गर्न सक्ने व्यबस्था छ ।

उपाध्यक्षमा नियुक्त खाँ मदरसा शिक्षा र मूलप्रवाहिकरणका अभियन्ता हुनुहुन्छ । उहाँको नेतृत्वमा कपिलवस्तुका ३० बढि धार्मिक मदरसालाई मूलप्रवाहिकरणमा ल्याइएको थियो ।साथै मदरसा शिक्षा लाइ अगाडि बढाउन आफू सधै तयार रहेने कुरा मशहूद खां ले बताउनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्