अबैध सम्बन्ध कै कारण श्रीमानको हत्या



रबिन्द्र यादव / नवलपरासी पश्चिम | नवलपरासी पश्चिममा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । नवलपरासी पश्चिम रामग्राम नगरपालिका –३, घोडापाली आदर्शटोलमा बस्ने ४१ वर्षीय तारा भन्ने रविन्द्र प्रसाद पाण्डेलाई उनको श्रीमतीले हत्या गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिमका प्रवक्ता बीरेन्द्र थापाका अनुसार श्रीमती सरस्वती पोख्रेल ( पाण्डे) ले अन्य परपुरुषसँग असामाजिक सम्बन्ध कायम गरेको र सोही व्यक्तिसँगको मिलेमतोमा आफ्नो श्रिमानको हत्या गरेका हुन् ।

भदौ १८ गतेदेखी मृतक रविन्द्र प्रसाद पाण्डे सम्पर्क बिहीन रहेको र खोजी गर्दै जादा आज वडा नम्बर ३ कै घोडपाली आदर्शटोल स्थित हरिसुशील आधारभुत विद्यालयको सेफ्टी ट्याङ्कीमा शव सडिसकेको अवस्थामा फेला परेका उहाँले बताउनुभयो ।

श्रीमानको हत्या गर्ने श्रीमती सरस्वती पोख्रेललाई पक्राउ गरी हत्यामा संलग्न उनीसँगै असामाजिक संबन्धमा रहेका पुरुषको खोजीकार्य भइरहेको थापाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्