कक्षा ११ को परीक्षाफल प्रकाशित



काठमाडौं असोज ७ – राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २९ देखि जेठ ८ सम्म संचालित कक्षा ११ को परीक्षाफल सार्वजनिक मंगलबार सार्वजनिक गरेको छ ।

नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल समेत बोर्डले सार्वजनिक गरेको हो ।

मंगलबार बिहान बसेकाे बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको जानकारी बोर्डका सूचना अधिकारीले दिए ।

उक्त परीक्षामा सबै विषय र फ्याकल्टीमा गरी जम्मा ५ लाख नौ हजार परीक्षार्थी सहभागी भएका थिए ।

परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेकिलकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । त्यस्तै, परीक्षार्थीले एसएमस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्ने व्यवस्था गरिएको बोर्डले जानकारी गराएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्