घोराहीमा बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु




दाङ, असोज ११ दाङ घोराहीको बालमन्दिर अगाडि बसले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

शनिवार बेलुका भएको उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्को एकजना घाइते भएका छन् ।

घोराही बसपार्कबाट तुलसीपुर तर्फ जादै गरेको रा १ ख २१०६ नम्बरको बसले रा १ प ४१७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक घोराही उप महानगरपालिका वडा नं. १५ बस्ने १७ वर्षीय प्रदिप जि.सीको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनामा परि घाईते भएका जिसीलाई उपचारकालागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी डिएसपी विनोदविक्रम शाहले जानकारी दिए ।

घटनामा मोटरसाइकलमा सवार दाङ घोराही उप महानगरपालिका वडा नं.१५ थारु गल्ली बस्ने १६ वर्षीय सन्तोष चौधरी गम्भीर घाईते भएको प्रहरीले बताएको छ ।

उनलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा सामान्य उपचार पछि नेपालगञ्ज रिफर प्रहरीले बताएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्