अरिङ्गालको टोकाईबाट ज्यान गयो




अछाम । अछाममा अरिङ्गालको टोकाईबाट एक जनाको ज्यान गएको छ । चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका ७८ वर्षीय विष्णुदत्त भण्डारीको अरिङ्गालको टोकाईबाट ज्यान गएको हो ।

भण्डारी आईतबार घर नजिकै भैसी चराउने क्रममा अरिङ्गालको टोकाईबाट घाईते भएका थिए । उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा ज्यान गएको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्