याैन राजनीति गर्ने छुट कसैलाई छैन




सन् २०१२ को फ्रान्समा एन्टिअमेरिकन मानिने रास्ट्रपतिको निर्वाचनका लागि प्रत्यासी आइएमअफ चिफ र पुर्व अर्थमन्त्री डोमिनस स्ट्रस न्यू योर्क बाट फ्रान्स फर्कदै गर्दा एरपोर्टमा एउटा कठपुतली महिला तयार गरियो र स्ट्रसलाइ उक्त महिलामाथी याैन दुर्व्यबहार गरेको आरोप लगाइयो ।

आरोप पछि उनी समातिए,मिडियाबाजी गरियो,उनलाई एअरपोर्टमै हतकडी लाग्यो,उनको इज्जत त्यहीं सकियो र २०१२ मा हुन गईरहेको रास्ट्रपतिको चुनावपनि उनले गुमाए ।

Advertisement
Advertisement

तर बिडम्बना, घटना घटेको तीन बर्षपछि उक्त महिलाले मैले डेढ लाख डलर लिएर उक्त कार्य गरेको स्विकारिन ।

त्यसैले यहाँ कसैको इतिहास उजाडिदिने र आफ्नो स्वार्थ लुट्नको लागि महिलालाई ‘चारो’ बनाउने गरिन्छ,कठपुतली बनाउने गरिन्छ र प्रयोग गरिन्छ । यस्ता घटनाहरु थुप्रै छन, यी त प्रतिनिधि घटना मात्र हुन ।

कतै हामी महिला शसक्तिकरण,महिला उत्थान र संरक्षणका नाममा भनेर बनाइएका कानुनले आफ्नो मर्म र मर्यादा बिर्सिन थालेका त होइनाैँ ? हाम्रो महिलाप्रतिको सद्भाव र उदारता अब हाम्रै विपक्षमा आउन थालेको हो त ? यहाँ कानुनले संस्कृतिलाइ जित्यो संस्कारलाइ जित्यो ।

कानुनले कानुनी न्याय त देला तर के अब कानुनले स्ट्रसको इज्जत फिर्ता गर्न सक्छ ? के कानुनले अब महराको दशकौंको इज्जत फिर्ता गर्न सक्छ ?

रिसको झोंकमा कसैलाई आरोप लगाएर नङ्गयाउने र रिस शान्त भैसकेपछी नाङ्गिएको जिउसङ्ग माफी मागेर के उसको जिउमा ‘पुरानै शानको’ कोट फिर्ता ल्याउन सकिन्छ र ?

र अन्तिममा म भन्छु ‘याैन राजनीति’ गर्ने र कसैलाई गिराउन या आफू माथी उठ्नको लागि याैन राजनितीलाई भर्र्याङ् बनाउने छुट कसैलाई छैन ।

(लेखक अनेरास्ववियुका नेता हुन्)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्