संखुवासभामा खोलामा डुबेर एक जनाको मृत्यु



संखुवासभाको पिलुवा खोलामा डुबेर एक जनाको मृत्यु भएकाे छ । संखुवासभाको चैनपुर नगरपालिका-१ की ५५ बर्षीया आशमाया लिम्बुको खोलामा डुबेर मृत्यु भएको हाे ।

आईतवार दिउँसो साँढे १ बजे लिम्बु स्थानीय पिलुवा खोलामा डुबेर मृत अवस्थामा फेला परेकी थिईन् । शव पाेस्टमाटमका लागि जिल्ला अस्पताल चैनपुर लगिएकाे र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्