वडा अध्यक्षबाट दलित डुम भन्दै कुटिएका बिकले पाएनन् न्याय नेताको धम्की मुद्दा दर्ता नगर



 सैघाली खबर, काठमाडौ । रुकुम चौरजहारी नगरपालिकाका वडा अध्यक्ष लालबहादुर बुढाथोकीले रुकुमकै स्थानीय दलित युवा गोबिन्द बिकलाई सामुदायिक बन जिल्ला बन कार्यलयमा दर्ता गर्ने विषयकमा छलफल हुँदा गोबिन्द बिकले समितिमा बस्छु भने पछि बिबाद बढेको थियोे । सोही विषयलाई लिएर वडा अध्यक्षले स्थानीय नेताहरू कै सामु वडा कार्यलय भित्रै एक चट्कन डुम भन्दै हाने पछि एकोहोरो कुटदै बाहिरसम्म हुत्याएका थिए । घटना असोज ५ गतेको भए पनि असोज १९ गते ईलाका प्रहरी कार्यलय चौरजहारीमा आफू माथी जातीय विभेद र अमानवीय व्यबहार , कुटपिट गरेको भन्दै उजुरी हाले पछि मात्र घटना सार्बजनिक भएको हो ।

पीडित भन्छन् :-

मैले ईलाका प्रहरी कार्यलयमा उजुरी हाले पनि न्याय पाउन सकिन म माथी यति ठुलो घटना वडा अध्यक्षले नै घटाउदा केही प्रभाबशाली नेताहरुले नै मलाई धम्की दिएका छन् , मुद्दा दर्ता गरिस् भने ज्यानको माया होला क्यारे भनी धम्काएका छन् । विभिन्न नम्बरबाट फोन गर्दै यो घटना अघि नबढाउन धम्की आइरहेको छ । यहीँका दलितका अगुवाहरु र स्थानीयहरु समेत दुई भागमा बाढिएर राजनीतिक रूपमा यो मुद्दालाई हेरे र राजनीति विपक्षका दलित अगुवाहरु समेत मेरो विपक्षमा उभिए र साथ पाउन सकेको छैन् । आफ्नै ज्यानको सुरक्षा नभए पछी मैले कसरी मुद्दा दर्ता गर्नु ? अहिले उल्टै केही बिपक्षी पार्टी र नेताहरुले मलाई बिप्लबको कार्यकर्ता हो यसलाई पक्डाउनु पर्छ भन्दै यो जातीय बिभेदको मुद्दालाई साम्य बनाउन मलाई यस्तो योजना बनाउएको सैघाली खबरसंग कुराकानी गर्दै भने । म कुनै बिप्लब पार्टीको कार्यकर्ता पनि होइन र पार्टीमा संम्लग्न पनि छैन । कुनै विषय नभेटेपछि मलाई फसाउन र यो मुद्दा हराउन यस्तो खेल खेल्दै छन् ।

ईलाका प्रहरी कार्यलय चौरजहारीका इनेस्पेक्टर धर्म सिंह बिष्ट भन्छन्

असोज १९ गते जातीय विभेद, कुटपिटको ठाडो निवेदन गोबिन्द बिकको आए पछि हामीले वडा अध्यक्ष र गोबिन्द दुबै पक्षलाई बोलाएर छलफल गराएको हो । कुरा नमिले पछि गोबिन्दलाइ कानुनी प्रक्रियामा जान बाटो खुला भएको र देखाएको हो । ठाडो उजुरी मै गिरफ्तार गरि प्रक्रिया अगाडी बढाउन नमिल्ने हुँदा हामीले छ्लफल गराएको हो ।

के भन्छन् त वडा अध्यक्ष

वडा अध्यक्ष लालबहादुर बुढाथोकीले मिडियामा आए जस्तो र पीडितले भनेजस्तो कुनै पनि जातीय गालिगलौज र कुटपिट नगरेको बताएका छन् । सामाजिक सुरक्षा भत्ता र सामुदायिक बन दर्ताको विषयमा विवाद भए पनि आफुले कुनै पनि जातीय विभेद र हातपात नगरेको दाबी गरेका छन् उल्टै मिडियाले अतिरन्जित गराउदै सत्यतथ्य नबुझी एकोहोरो एकजनाले भनेको कुरालाई सत्य र बिश्वास गरि आफुलाइ निराधार आरोप लगाएको र मिडियाको अब बिश्वास समेत गर्न नसकिने बताएका छन् । आफुले नै आफ्नो पहल र नेतृत्वमा वडा न ३ लाई छुवाछूत मुक्त वडा घोषणा गरेको र आफू जातीय विभेद हटाउन लागिरहेको समेत बताए । मिडियाले एकोहोरो लेख्नु भन्दा सत्यतथ्य बुझ्न फिल्डमा आउन समेत अनुरोध गरेका छन् ।

के भन्छन् त प्रदेश सांसद रातो कामी ?

सैघाली खबरसंगको कुराकानीमा प्रदेश सांसद रातो कामीले बिजया दशमीमा आफू दशै मनाउन गाउँमा गएको र ईन्टरनेटको पहुँचबाट आफू बाहिर भएको हुँदा उक्त घटनामा आफू अनबिज्ञ रहेको बताएका छन् । पीडित र वडा अध्यक्ष कसैले पनि आफुलाई कन्टाक नगरेको भन्दै सत्यतथ्य बुझी आफू यो घटनाको बारेमा अगि बढने बताएका छन्

के लेखेको छ त कानुनमा ?

यदि जातीय विभेद गरेको ठहरिएमा जातीय भेदभाव गर्नेलाई तीन महिना देखि तीन बर्षसम्म कैद वा एक हजार देखि पच्चीस हजार सम्म जरिवाना वा दुबै सजाय हुन सक्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्