ज्यान मार्न खोज्ने अभियाेग लागेका सांसद गुरुङ अदालतमा



देलखाका विरध्वज खड्काको ज्यान मार्ने कोसिस गरेको अभियोग लागेका नेपाल कम्युनिष्ट पार्टिका सांसद पार्वत गुरुङ जिल्ला अदालत काठमाण्डौमा उपस्थित भएका छन् ।

२०४६ साल जेठमा काठमाण्डौको चाबहिलमा खड्का विरुद्ध सांसद गुरुङ सहित उनका साथिहरुले गरेको साङ्केतिक हमला पश्चात सरकारी वकिलको कार्यालयले उनि विरुद्ध गत वैशाखमा मुद्दा दर्ता गराएको थियो ।

घटना पश्चात फरार रहेका सांसद गुरुङलाई अदालतले उपस्थित हुन आउने म्याद सहित पठाएको पक्राउँ पुर्जी असोज ८ गते बुझेका थिए । असोज ८ गते नै अदालत पुग्नु पर्नेमा आज जिल्ला अदालत काठमाण्डौमा उपस्थित भएका सांसद गुरुङले आजै बयान दिएको अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्