सयौं व्यक्तिलाई ठगी गर्ने म्यानपावर पीडितले घेरे (भिडियाे सहित)



एकहप्ताको भिसा उपलब्ध गराउने वाचा गरेर काठमाडौंको एक म्यानपावरले सयौं व्यक्तिहरू ठगी गरेको थाहा भएको छ ।

काठमाडौंको चप्पल कारखानामा रहेको सी लिंक नामक म्यानपावरले आफूहरुलाई ठगी गरेको आरोपमा लगाउँदै आईतबार सयौं युवाहरुले म्यानपावर घेरेका छन् । विशेष सूचनाको आधारमा उक्त स्थानमा पुगेको सैघाली मिडियाले उक्त प्रकरणको विस्तृत जानकारी लिएको छ ।

पीडितहरुले बताएअनुसार उनीहरूबाट उक्त म्यानपावरले तीस हजारदेखि एकलाख पचास हजार रुपैयाँसम्म उठाएर कम्पनीका सञ्चालक फरार छन् । कार्यालयमा रहेका कर्मचारीलाई भने प्रहरीले आजै पक्राउ गरेको छ । घटनास्थलमा भेटिएका प्रहरी नायब निरीक्षक एस एस पी कुसवाहले सञ्चालकसँग सम्पर्क भइसकेको र कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने बताएका छन् ।

हेर्नुहोस् यो विस्तृत विवरण सहितको भिडियो:

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्