सरु सुनार एनपिस अवार्डका लागि मनोनीत



सैघाली खबर

काठमाडौं । सामाजिक अभियन्ता सरु सुनार एनपिस अवार्डका लागि मनोनीत भएकी छन् । एक दशकभन्दा लामो समयदेखि सामाजिक न्याय र समानताका लागि क्रियाशील सुनार हरेक वर्ष यूएनडीपीले प्रदान गर्ने एनपिस अवार्डका लागि मनोनित भएकी हुन् ।

पत्रकारिता मार्फत जातीय विभेद विरुद्ध र लैंगिक समानताको पक्षमा निरन्तर आवाज उठाएको भन्दै एनपिस नेट्वोर्कले उनलाई ‘अनटोल्ड स्टोरी’ विधामा मनोनीत गरेको जनाएको छ ।

बिशेष गरेर कथित जातका आधारमा मान्छेले मान्छेलाई गर्ने विभेद, थिचोमिचो, अन्याय र अत्याचार विरुद्ध उनले एकल र संयुक्त रूपमा अभियान चलाउदै आएकी छन् ।

जातीय र लैंगिक विभेदका विरुद्ध ज्यानको बाजि लगाएर काम गरिरहेकी सुनारले आफ्नो कामको मुल्यांकन गरेर अवार्डका लागि मनोनीत गर्ने व्यक्तिलाई धन्यवाद दिदै आफ्नो अमुल्य मत दिएर बिजयी गराउन सबैसँग आग्रह गरेकी छन् ।

यो विधामा नेपालबाट अन्य दुईजना महिला पनि मनोनीत भएका छन् । रजनी कोइराला र उमा थापामगर ‘अनटोल्ड स्टोरी’ का लागि मनोनीत भएका हुन् ।

मनोनयनमा परेका तीनजना मध्य सबैभन्दा बढी मत ल्याउनेलाई यो अवार्ड प्रदान गरिनेछ ।

यूएनडीपीले शान्ति स्थापना र लैंगिक समानता लागि काम गर्ने एसिया अन्तर्गत नेपाल, फिलिपिन्स, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, म्यानमार र इन्डोनेसियाका अभियन्ता र संस्थालाई हरेक वर्ष एनपिस अवार्ड प्रदान गर्दै आइरहेको छ ।

सरुलाई नोभेम्बर 17 सम्म इमेल मार्फत मत दिन सकिने छ ।
उनलाई यसरी भोट गर्नुस्;

http://n-peace.net/nominee/sarita-saru-b-k/
१. सर्वप्रथम www.n-peace.net वेवसाईटमा जानुस् ।

 

२. दायाँतिर बटनमा क्लिक गर्ने ।

३. VOTE NOW देखी तल तिर Untold Stories मा क्लिक गर्ने ।


४. नया पेज खुले पछी, सरु सुनारको फोटोमा क्लिक गर्ने ।


५. Vote Now भन्ने बटनमा क्लिक गर्ने ।


६. लग इन बटन देखी तल or Sign Up here for voting मा क्लिक गर्ने ।


७. यो फर्म भर्ने र Sign Up बटनमा क्लिक गर्ने ।


८. आफ्नो इमेल चेक गर्ने, इमेल आएको भए इमेल खोल्ने अनि बटनमा क्लिक गर्ने यदि इमेल आएन भने भन्ने मिनुमा क्लिक गर्ने त्यहा पनि न आएको भए फेरी १ देखी ७ सम्मको स्टेप पुरा गर्ने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्