आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ



आफ्नै छोरी बलात्कारको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पिडितको आफ्नै बाबु रहेका छन ।

मादक पदार्थ सेवन गरी सोमबार १५ वर्षीया बालिका बलात्कार गर्ने वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो । सोमबारको घटनापछि राति ११ बजे टोलमा होहल्ला भएको थियो । मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले किशोरीका बाबुलाई पक्राउ गरेको थियो ।

घरमा कोही नभएको मौका छोपी विगतमा पनि आफूलाई पटकपटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । युवकमाथि अनुसन्धान सुरु भएको पर्साका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रबहादुर शाहीले बताए । छोरीको आरोपपछि प्रहरीले बुवालाई प्रक्राउ गरी लगेको वीरगञ्ज ११ का वडा अध्यक्ष प्रधुम्न सेढाईंले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्