बस र मोटरसाइकल ठोक्किंदा दुईजनाको मृत्यु



नवलपुरमा बस र मोटरसाइकल एक आपसमा ठोक्किंदा दुईजनाको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका ९ थुम्सिमा गएराति पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख ६६३७ नम्बरको बस र विपरीत दिशामा आउदै गरेको ना १० प ६५२७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएको थियोे ।

दुर्घटना परि मोटरसाइकलमा सवार गैडाकोट ७ का प्रकाश सापकोटा र सन्तोष जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाइते भएका दुवैजनाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रवक्ता प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्