गुल्मीको मुसिकोटमा पिकप जिप दुर्घटना



गुल्मीको मुसिकोट नगरपालिका ९ ददल्कामा पिकप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

सोही वडाको पाँणथोकबाट ददल्का जाँदै गरेको लु १ च ३५१४ नम्बरका पिकप भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी निधन हुनेहरुमा अर्लाङ्कोटका अन्दाजी ७५ बर्षीय राम प्रसाद खरेल रहेको तर अर्का एक जनाको नाम खुल्न सकेको छैन । उनी चालक ज्ञान बहादुर बिककी सासुआमा रहेको बताइएको छ ।

घाइते हुनेहरुमा मुनपा ७ वामीका २३ बर्षीय भानुभक्त पौडेल, ८ बर्षीय सोनीया बिक, बिष्णु बिक रहेका छन् । चालक ज्ञान बहादुर बिक फरार छन् । घाइते भएका सोनिया चालककी छोरी र बिष्णु श्रीमती रहेको त्याहाबाट सहकर्मी बुद्धिमणी खरेलले जानकारी दिनुभयो । घाइते हरु सबैलाइ उपचारको निम्ती बाग्लुङ्गको हटिया पठाइएको छ ।

प्रहरी भर्खरै मात्र घट्नास्थलमा पुगेको छ । पिकप अर्लाङ्गकोटका द्रोण प्रसाद सापकोटाको भएको सहकर्मी खरेलले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्