देउखुरीको पहरुवामा गाडीको ठक्करबाट साइकलयात्री गम्भीर घाईते



दाङको देउखुरीमा उइंगर गाडीको ठक्करबाट एक साइकलयात्री गम्भीर घाइते भएकी छिन् ।

राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा स्थित शिवलक्ष्मी मन्दिर नजिक शुक्रवार विहान १०ः४५ बजेको समयमा प्युठानबाट दाङको घोराही तर्फ जाँदै गरेको रा १ ज ६६१ नम्बरको उइंगर गाडीले साइकलयात्रीलाई ठक्कर दिदा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी १७ वर्षिय अनिता गिरी गम्भीर घाइते भएकी हुन् ।

घाइते गिरीको टाउको,चिउडो र कानमा गहिरो चोट लागेको प्रहरी चौकी सिसहनियाँका प्रहरी नायव निरिक्षक गोपालकुमार मल्लले बताए । घाइते गिरीलाई विष्ट स्वास्थ्य पोलिक्लिनीक सिसहनियाँमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरी नायव निरिक्षक मल्लले बताए । गाडी र चालकलाई अस्थायी प्रहरी पोष्ट नर्तीले आफ्नो नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्