डोटीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु



डोटीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको महाकाली यातायातको ना ७ ख ६१ ८१ नम्बरको बस शिखर नगरपालिका २ गेरुपानीमा शनिबार बिहान दुर्घटनामा परेको हो । दुर्घटना परि बाजुरा बाह्रबिसेकी माया शेरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जनाकारी दिए । दुर्घटनामा अन्य ३५ जना घाइते भएका छन ।

घाइतेहरुको डोटीमा रहेको शैलेश्वरी र सुजंग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाइ रेफर गर्ने तयारी भइरहेको प्रहरीको भनाई छ । बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्