ओमानसँगको श्रम सम्झौता अन्तिम चरणमा



सरकारले ओमानसँगको श्रम सम्झौता अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । लामो समयदेखिको छलफलपछि ओमानसँग सहमति भएको श्रम मन्त्रालय स्रोतले बताएको छ ।

नेपालले पछिल्लो समय नेपाली श्रमिक जाने मुलुकहरुसँग धमाधम श्रम सम्झौता गर्न प्रक्रिया अगाडि बढाएको छ । अहिले ओमानसँगको मस्यौदा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि श्रम सम्झौताको रूप लिने बताइएको छ ।

हाल मन्त्रालयले कतार, युएई, बहराइन र पोल्याण्डसँग श्रम सम्झौताको तयारी गरिरहेको छ । त्यसैगरी पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, स्वीडेन, क्यानाडा, नर्वे, डेनमार्क जस्ता मुलुकमा कामदार कसरी पठाउने भन्ने बारेमा पनि गृहकार्य भइरहेको मन्त्रालय स्रोतले बताएको छ ।

श्रम सम्झौता भएका मुलुकमा श्रमिकले तोकिए अनुसार पारिश्रमिक पाउने देखि कार्यस्थलमा सुरक्षाको प्रबन्ध जस्ता कुराहरुको प्रत्याभूति हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्