अब इमेलबाटै श्रम स्वीकृति, पासपोर्टको स्टीकर इमेलबाटै



वैदेशिक रोजगारीमा जाँदा वैदेशिक रोजगार विभागबाट पाउने श्रम स्वीकृतिको स्टीकर अब नेपाली कामदारले इमेलमार्फत नै पाउने भएका छन् ।

विभागले कामदारलाई राहदानीमा टाँस्ने स्टीकरको सट्टा ई-स्टीकर दिन मंगलवारदेखि शुरू गरेको हो । अब कामदारले आफ्नो इमेलमार्फत नै त्यस्तो स्टीकर पाउने भएपछि स्टिकर टास्ने व्यवस्थाको अन्त्य भएको छ ।

अब कामदारले इमेलमार्फत आफूले प्राप्त गरेको इ-स्टीकर प्रिन्ट गरेर वा मोबाइलबाटै विमानस्थलको अध्यागमन लगायतका आवश्यक ठाउँमा देखाउन सक्ने जानकारी विभागले दिएको छ ।
अब कामदारले श्रम स्वीकृतिका लागि श्रम कार्यालयमा एकपटक मात्र पासपोर्ट बुझाए हुने भएको छ ।

एकपटक ई-स्टीकरमार्फत श्रम स्वीकृति लिएका कामदारले अर्को पटक स्वीकृति लिँदा सम्बद्ध कार्यालयमा पासपोर्ट नम्बर मात्र बुझाए हुने व्यवस्था गरिएको छ । त्यसको आधारमा उक्त कामदारले त्यस्तो स्टिकर आफ्नो इमेलमा प्राप्त गर्ने जानकारी विभागले गराएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्