जाडोमा ख्याल गर्नुपर्ने कुराहरु




जाडोयाम सुरु भइसकेको छ । बिहान र साँझ चिसो बढ्दै गएको महसुस गर्न सकिन्छ । जोडोयाममा यही चिसोका कारण धेरै मानिस बिरामी हुने गरेको पाइन्छ ।
चिसोकै कारण सबै भन्दा धेरै मानिसलाई रूघाखोकीले सताइरहेको हुन्छ । रुघाखोकी सँगसँगै स्वास्थ्यमा अन्य विभिन्न समस्या उत्पन्न हुने गर्छन् ।
यो समयमा विशेषगरी स–साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गरेको चिकित्सकहरुले बताएका छन् । त्यसैले चिसोबाट बच्नका लागि विभिन्न सावधानी अपनाउन उनीहरुले सुझाव दिएका छन ।
चिसोबाट बच्नका लागि धेरै भन्दा धेरै शरीरमा ऊर्जा दिने खानेकुरा सेवन गर्नु पर्छ । जसले गर्दा शरीरलाई सधै न्यानो बनाएर राख्न मद्दत गर्छ । त्यसका लागि दूध र दूधजन्य पदार्थलगायत प्रोटिनययुक्त खानेकुरा सेवन गर्न पर्दछ ।
अदुवाको सेवन चिसोबाट बच्ने उत्तम उपाय हो । चिया, दाल र तरकारी आदिमा अदुवा प्रयोग गर्न विज्ञहरुले सुझाव दिएका छन् । यसले रुघाखोकीको जोखिमलाई समेत न्यूनीकरण गर्ने काम गर्छ ।
चिसोमा बाहिर हिँड्दा सबै भन्दा पहिला लुगा ध्यान दिनु र्पुयाउनु पर्छ । बाहिर हिँड्दा बाक्लो कपडा लगाउनु पर्छ । सवारी साधन चलाउँदा हावा भित्र नछिर्ने ऊनीको बाक्लो स्वेटर वा ज्याकेट लगाउनु पर्छ। जसले शरीरलाई सधै न्यानो बनाइराख्न मद्दत गर्छ ।
दिनमा समय मिलेसम्म एकपटक घाममा बस्नु पर्ने विज्ञहरुले बताउका छन् । उनीहरुका अनुसार यसरी घाममा बस्दा चिसो हट्नुका साथै स्वास्थ्य सम्बन्धी अन्य फाइदा पुग्ने गर्छ ।
बढी जाडो भएमा शरीरमा तोरी, जैतुन र तिलको तेलले मालिस गर्न सकिन्छ । महमा प्रशस्त आइरन पाइने भएकाले चिसोमा यसको सेवन गर्नु उत्तम मानिन्छ । महलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि समेत महत्वपूर्ण मानिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्