भैरव आधारभुत विद्यालयका २४० जना विद्यार्थीलाई पोशाक वितरण



भैरव आधारभुत विद्यालयमा पोशाक वितरण गरिएको छ । दुर्गाथली गाउँपालिका वडा नम्वर ४ मा पर्ने भैरव आधारभुत विद्यालयका छात्रछात्राहरुलाई पोशाक वितरण गरिएको हो ।

स्थानीय तह दुर्गाथली गाउँपालीकाको वडा नम्वर ४ कार्यालयले वडा मा रहेका प्रत्यक विद्यालयमा पोशाक वितरण गर्ने कार्ययोजना बनाए संगै विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको वडा नम्वर ४ का अध्यक्ष तथा दुर्गाथली गाउँपालिकाका प्रवक्ता महेशप्रशाद जोशीको भनाई रहेको छ । वडा अध्यक्ष जोशीका अनुसार आफु स्थानीयतहको जनप्रतिनिधि भएपछि गुणस्तरिय शिक्षा आजको आवश्यकतालाई पहिलो नम्वरमा राखेको उनको भनाई छ । अध्यक्ष जोशीले शिक्षामा ठुलो लगानी गर्नुपर्ने र भावी सन्तती विद्यार्थी जीवनको उन्नती भन्ने नारालाई प्राथमिकतामा राख्दै उनले आफ्नो वडा भित्र रहेका सबै विद्यालयहरुमा रहेका गरिव, विपन्न मात्र नभएर सबैलाई पोशाक वितरण गरिएको बताए ।
अध्यक्ष जोशीका अनुसार यहि १५ गते बेताल प्रा.विर महेश्वरी प्रा.विका सबै विद्यार्थीहरुलाई पनि वितरण गर्ने तयारी भएको उनको भनाई छ । गाउँपालिकाका प्रवक्ता जोशीले विकास निमार्णको कामलाई तिव्रता दिएका छन । जनताले जोशीलाई चुने संगै गाउँघरमा सडक संञ्जाल देखी खानेपानी सम्म व्यावस्था भएको स्थानीयको भनाई छ ।

अध्यक्ष जोशीले हिजोको लडाई अधिकारका लागी आजको लडाई समृद्धीका लागी भन्दै विकास निमार्णमा तिव्रता देखाएका छन । उनले भने समर्ग्र गाउँपालिकाको विकास बारेपनि आफु लागीपरेको उनको भनाई रहेको छ । भैरव आधारभुत विद्यालयका छात्रछात्राहरुलाई स्कुल ड्रेस वितरण गरेपछि अभिभावकहरु पनि खुसिभएका छन । साथै पोसाक नभएर स्कुल जान नपाउँने विद्यार्थीहरु पनि निकै हर्षित भएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्