के तपाईलाई ग्यास्ट्रिक भएर हैरान हुनुहुन्छ? यस्ता छन् कम गर्ने ६ उपायहरू



ग्यास्ट्रिकलाई नेपालमा ’राष्ट्रिय रोग’ संज्ञा दिइएको छ । यसको अर्थ हो, हरेक नेपालीमा यो रोग छ । खासमा, ४० वर्षभन्दा बढी उमेरका मानिसलाई मात्र यो रोग लाग्नुपर्ने हो । तर, अहिले सबै उमेरमा यसको समस्या देखिने गरेको छ । त्यसैले त हो, यसलाई ’राष्ट्रिय रोग’ संज्ञा दिइएको । आजभोली प्रार्य सबै मानिसमा यो रोग देखा पर्ने गरेको छ । यसकालागि हामीले तल विभिन्न उपाय पस्केकाछौ:

कागती पानी पिउने : पेटमा धेरै ग्याँस भएको अवस्थामा कागती पानी पिउनाले पेटको ग्याँस हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी पिउनाले पेटमा ग्याँस कम हुन्छ।

कार्बोहाइड्रेट कम खाने :पेटमा ग्याँस जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ।

दूध नपिउने : ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ।

प्रशस्त पानी पिउने : लगातार पानी पिउँदा पेटमा ग्याँस जम्मा हुन पाउँदैन र शरीरमा समेत पानीको सन्तुलन कायम राख्छ। तर‚ पानीको सट्टा कोक, फेन्टाजस्ता चिसा पेय पदार्थ पिउनु हुँदैन। यसले पेटमा ग्याँस बढाउँछ।

लसुन पानी पिउने: बिहान उठ्नासाथ दुई(तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ।

समयमा खाना खाने : ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खानु फाइदाजनक हुन्छ। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्दछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्