पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकको बयान जारी




नेपालमा बसेर अवैध गतिविधि गरिरहेको आरोपमा पक्राउ गरिएका १ सय २२ जना चिनियाँ नागरिकको बयान जारी छ ।

आइतबार जिल्ला प्रशासन कायालयमा उनीहरुको बयान लिन थालिएको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले चिनियाँ नागरिकको बयान लिने काम भइरहेको बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर टेकुले ७ पुसमा संयुक्त अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्