धनगढीबाट लागूऔषध कारोबारमा संलग्नको आरोपमा ५ जना पक्राउ



धनगढी । धनगढीबाट लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्नको आरोपमा १ महिलासहित पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुङ्गाना रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ बाट पाँचै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।

प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगरलगायत लागूऔषध पनि बरामद गरेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्