जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ



मध्यपुर ठिमी नगरपालिका ९ निलबाराही बस्ने सुरेश श्रेष्ठको निलबाराही रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ७ बस्ने ३७ वर्षीय उमेश तको लगायत १४ जनालाई ६ लाख ८४ हजार १ सय २० नेपाली रुपैयाँ, ७ हजार ६ सय ६० भारतीय रुपैयाँ र ४ बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्