अवैध लागूऔषध सहित दुई जना पक्राउ



तिलोत्तमा नगरपालिका ३ जानकीनगरबाट अवैध लागूऔषध चरेश करिब १५ केजी सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गुल्मी रेसुङगा नगरपालिका ८ बस्ने २७ वर्षीय संजय राउत र सोही ठाउँ बस्ने ३२ वर्षीय पदम थापा रहेका छन् । ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्