मधुमेह रोग कफिले कम गर्छ



तपाईलाई कफी मन पर्छ ? यदि मनपर्छ भने तपाईको लागि खुसीको समाचार छ। एक अध्यायनकाअनुसार कफी पिउने बानीले मधुमेहको खतरा कम हुन्छ।

मधुमेह दुई किसिमका हुन्छन् : टाइप वान मधुमेह र टाइप टु मधुमेह।

टाइप वान मधुमेह साना बच्चालाई हुन्छ भने टाइप टु मधुमेह वयष्कहरुलाई हुन्छ। कफी खान जानेमा टाइप टु मधुमेह कम हुने अध्ययनले देखाएको हो।

तर, यसको लागि उमालिएको कफी होइन, फिल्टर्ड कफी प्रयोग गर्नुपर्ने अध्ययनले बताउँछ। जर्नर अफ इन्टरनल मेडिकलमा प्रकाशित एउटा अध्ययनकाअनुसार कफी बनाउने तरिका नजान्दा त्यस्तो कफिले मानिसको स्वास्थ्यमा असर परेको देखिएको छ।

स्वीडेनको शाल्मर्स युनिभर्सिटी अफ टेक्नोलोजी र उमिया युनिभर्सिटीमा उक्त अध्ययन भएको थियो। जसले कफी र मधुमेहको नयाँ सम्बन्ध पत्ता लागायो। उमिया युनिभर्सिटीका प्रोफेसरले भने, ‘हामीले मानिसमा बायोमार्कर नामको खास अणु पत्ता लगाएका थियौं, जुन ती मानिसमा अत्याधिक थियो जसले अलग–अलग तरिकाको कफी सेवन गरेको थिए।’

फिल्टर्ड कफी टाइप २ मधुमेहको विकासको जोखिम कम गर्न निकै सहयोगी भएको थियो। जसको शरीरमा बायोमार्कर अत्याधिक थियो। उनीहरुको शरीरमा टाइप २ मधेमेहको जोखिम कम देखियो। तर उम्लिएको कफीले भने यो समस्या कम नगर्ने अध्ययनमा संलग्नहरुले बताएका छन्।

अनुसन्धानकर्ताले दिनमा एक कप भन्दा कम कफी खाने मानिसको तुलनामा दुई वा त्यो भन्दा बढी फिल्टर्ड कफी खाने मानिसमा टाइप २ मधुमेह हुने संभावना ६० प्रतिशतले कम भएको पत्ता लागाएका थिए।

तर, उनीहरुले उमालेर तयार गरेको कफीले भने मानिसको स्वास्थ्यमा असर पार्ने बताए। उनीहरुले उमालेर तयार गरेको कफीले मुटुमा समस्या हुने बताएका छन्।

के हो मधुमेह
शरीरको रगतमा चिनीको मात्रा बढी हुनुलाई मधुमेह भनिन्छ। विशेषगरी मधुमेह अव्यवस्थित खानपान र जीवनशैलीका कारण हुनेगर्छ।आलस्यता, मोटोपना, कार्बोहाइड्रेडयुक्त खाना बढी खानाले, जंकफुड बढी प्रयोग गर्नाले मधुमेह हुन्छ। सँगै वंशाणुगत कारणले पनि मधुमेह लाग्नसक्ने मधुमेह तथा हर्मोन विशेषज्ञ डा। दीपेन्द्र कार्की बताउँछन्। यसैगरी, महिला गर्भवति भएको अवस्था एक किसिमको मधुमेह हुन्छ।

मधुमेह दीर्घरोग हो, औषधिको प्रयोग गरेर यसलाई नियन्त्रण राख्न सकिन्छ। मधुमेह भएमा सामान्यतया मुख सुख्खा हुने, तिर्खा लाग्ने, पिसाब पटक–पटक लागिरहने, अकस्मात तौल घट्ने, शरीरमा आएका घाउ, खटिरा चाडैं निको नहुने, हाटखुट्टा झमझमाइ रहनेलगायत लक्षण देखिने डा। कार्कीले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्