बलात्कृत महिला अदालतबाटै अन्यायमा, बलात्कारीले गाउँ गएर खुसियाली मनाए

राजपा केन्द्रीय सदस्य यादवमाथि ५ अर्ब ठगी


काठमाडौंबाट बुधबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक- फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । बलात्कृत महिला अदालतबाटै अन्यायमा, प्रदेश ३ को राजधानी हेटौंडा नै , पछि हटे देउवा , सुलेमानीको शवयात्रामा ४० जनाको मृत्यु
लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषयमा आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले सत्तारुढ नेकपाले प्रदेश ३ को राजधानी जसरी पनि हेटौंडा कायम राख्न पार्टीका नेताहरुलाई पुनः निर्देशन दिएको समाचार छापेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साढे १० बजेदेखि साढे २ बजेसम्म सम्बन्धित प्रदेशका पदाधिकारी, दलका पदाधिकारी र मन्त्रीका कुरा सुनेर अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा जसरी पनि कायम गर्न निर्देशन दिएको समाचारमा उल्लेख छ ।

यसअघि पुस १३ मा बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्न प्रदेशसभालाई आग्रह गर्ने निर्णय गरेको थियो । यो आग्रहलाई नेकपाकै कतिपय सांसदहरुले स्वीकार्य नभएको बताएका थिए । नाममा आपत्ती नभए पनि राजधानीको विषयमा नेकपामा विवाद छ ।

नागरिक दैनिकले राजधानी विवादका कारण प्रदेशसभा ३ मा फ्लोर क्रस हुने सम्भावनाबारे लेखेको छ । ‘अध्यक्षद्वय र प्रदेशका नेताहरुबीच भएको छलफलमा सचिवालयको निर्णय कार्यान्वयन गर्नेगरी टुंगिए पनि कार्यक्षेत्रमा भने फ्लोर क्रसको सम्भावना रहेको छ,’ बैठक स्रोतलाई उद्धृत गर्दै नागरिक दैनिकले समाचारमा लेखेको छ, ‘अध्यक्षद्वयले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती नै कायम गर्न पुनः निर्देशन दिनुभएको छ ।’

कान्तिपुर दैनिकमा ‘सेरेमोनियल बन्दै संसद्’ शीर्षकको मुख्य समाचार छ । समाचारमा लेखिएको छ, ‘संसदको मुख्य काम हो कानुन बनाउनु र सरकारले पेस गरेका विधेयकको गुण(दोष केलाएर असल नीति पारित गर्नु । तर, सांसदहरुको आफ्नो यही मुख्य जिम्मेवारीमा खासै सहभागी हुँदैनन्, जसका कारण सरकारले जस्तो चाह्यो त्यसै विधेयक पारित हुने जोखिम बढ्दै गएको छ ।’

कान्तिपुरमै घरबाटै अपहरित एक युवती भारतमा बलात्कृत भएर फर्किएको तर अदालतबाट न्याय नपाएपछि घर छाडेको विषयलाई समाचार बनाएको छ । ‘अनि नग्माले नेपालगन्ज छाडिन्’ शीर्षकको समाचारमा लेखिएअनुसार नेपालगञ्ज वनघुस्राकी २२ वर्षीया नग्मा (परिवर्तित नाम)लाई गत कात्तिक १३ गते गाउँकै निजामुद्दिन साई र मुबारक नाउले मोटरसाइकलको बीचमा राखेर अपहरण गरे । उनीहरुले रुपैडिया पुगेर अर्कै पुरुषको जिम्मा लगाए । ती पुरुषले बेहोस बनाएर नयाँदिल्ली पुर्‍याए । एक कोठामा राखेर पालैपालो बलात्कार गरे । अनेक प्रयासपछि उनी कात्तिक १७ गते घरमै फर्किन सफल भइन् । उनलाई भारतमा बेच्ने निजामुद्दिन र मुबारक गाउँमा निस्फिक्री घुमिरहेका थिए । नग्माले कात्तिक १८ गते उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी उजुरी दिइन् । उनीहरु पक्राउ परे । जिल्ला अदालतले मंसिर १७ गते उनीहरु दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो ।

तर, पीडक पक्षको उजुरीपछि तुलसीपुर उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरिदियो । निजामुद्दिन र मुबारक एक(एक लाख धरौटीमा रिहा भए । गाउँ गएर खुसियाली मनाए । मासुको भोज खाए, मिठाई बाँडे । त्यही दिनदेखि नग्माले नेपालगञ्ज छाडिन् । उनी सर्वोच्च अदालतको ढोका ढक्ढकाउन अहिले काठमाडौं आएकी छन् ।

राजधानी दैनिकले राजपा केन्द्रीय सदस्य रामबाबु यादवमाथि ५ अर्ब ठगीको आरोप लागेपछि गृहमन्त्रालयले छानबिन सुरु गरेको समाचार छापेको छ । कारोबार दैनिकले भ्रमण वर्षअघि नै पर्यटक घटेको र नेपाल समाचारपत्रले एमसीसी जवाफदेही र पारर्शी रहेको भनेर अमेरिकाले भनेको समाचार छापेको छ ।

गोरखापत्र दैनिकमा सर्वोच्च अदालतको मुद्दा फर्स्योट दर नबढेको समाचार छ ।आर्थिक वर्ष २०७१र७२ को अन्त्यसम्म सर्वोच्च अदालत ११ जना न्यायाधीशमा सीमित भयो । जिम्मेवारी सरेकासमेत २८ हजार २७५ थान मुद्दामध्ये सर्वोच्चले मुस्किलले साढे छ हजार मुद्दा टुंगयो । मुद्दा फस्र्योट दर करिब २३ प्रतिशतमै सीमित भयो ।

कुनै बेला सर्वोच्चमा अस्थायीसमेत २५ सम्म न्यायाधीश पुगे र २२ जनासम्म न्यायाधीशले वर्षभरि नै काम पनि गरे । मुद्दा फस्र्योट दर अपेक्षित नभए पनि केही सुधारियो । सर्वोच्चले हालै राष्ट्रपतिसमक्ष बुझाएको प्रतिवेदनअनुसार मुद्दा फस्र्योट दर ३०.७६ प्रतिशत छ । सर्वोच्चमा २१ न्यायाधीशले कार्यसम्पादन गरेका थिए ।सर्वोच्चमा १२ न्यायाधीश हुन् वा २२ जना । फैसला दर उल्लेख्य र उत्साहप्रद भने तथ्यांकमा भेटिन्न । औसत ३०–३२ प्रतिशतको हाराहारीमै पछिल्लो दशकमा कार्यसम्पादन भइरहेको छ ।

नयाँ संविधान जारी भएपछि प्रधानन्यायाधीशसमेत २१ न्यायाधीश सर्वोच्चमा रहने संवैधानिक व्यवस्था छ । न्यायाधीश नियुक्ति पनि करिब समयमै छ । तर, फैसलामा भने उल्लेख्य सुधार छैन । रिटको अनुपात बढ्नु, अन्तरिम आदेशकै लागि लामो समयसम्म इजलास व्यस्त रहनु तथा बन्दीप्रत्यक्षीकरणका निवेदन वृद्धि हुनुले सर्वोच्चको कार्यबोझ बढेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विश्लेषण छ । कार्यबोझको असर मुद्दा फस्र्योटमा परेको उनको भनाइ छ ।

राजधाी दैनिकमा कांग्रेस सभापति शेरबहादुर देउवा निर्णय सच्याउन तयार देखिएका छन् । असन्तुष्ट समूहले केन्द्रको आफ्ना तर्फको दबाबबाट नपुगेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूलाई बोलाएर निर्णय फिर्ता गर्न दबाब दिँदै आएका बेला सभापति देउवाले निर्णय सचयाउन लचकता देखाएका हुन् ।कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले पार्टी केन्द्रीय समिति बैठकमार्फत भएको निर्णयमा केही परिमार्जन गर्न सभापति तयार रहेको बताए । सहमहामन्त्री महतले पार्टीको बैठकबाट भएका विषयलाई बैठकबाट नै सच्याइने बताए ।

तर त्यसका लागि बैठकमा आउन असन्तुष्ट समूह तयार रहनुपर्ने बताए । सभापति देउवाले केन्द्रीय समितिबाट भएको सच्याउँदा नेपाल विद्यार्थी संघ र तरुण दलको विषयलाई समेत सँगै टुंग्याउने मनस्थिति बनाएका छन् । कांग्रेस काठमाडौं सभापति सबुजकृष्ण बानियाँले बैठकमा केही जिल्ला सभापतिले धारणा राख्न बाँकी रहेका कारण बुधबारसमेत निरन्तर बैठक चल्ने जानकारी दिए ।

गोरखापत्र दैनिकमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा मंगलवार दक्षिणपूर्वी शहर केरमानमा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ ।उक्त घटनामा कम्तीमा १९० जना घाइते भएका छन् ।‘दुर्भाग्यवश शवयत्राका क्रममा अत्याधिक भीड भई भागदौड मच्चिँदा कम्तीमा हाम्रा ४० नागरिकले ज्यान गुमाएका छन् भने १९० जना घाइते भएका छन्,’ इराकको आपत्कालीन सेवा प्रमुख पिरहोसेन कुलिमन्डले उक्त टेलिभिजन च्यानललाई बताए । उक्त घटनामा घाइते भएका सबैजनालाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पठाइएको छ ।

नागरिक दैनिकमा यती समूहलाई ताहाचलको जग्गा भाडामा दिइएको विषयलाई विश्लेषण गरिएको छ । समाचारमा ट्रस्ट र थामसेर्कुबीच २०४७ माघमा ताहचालको जग्गा भाडामा दिने सम्झौता भए पनि यसलाई ट्रस्टको सोही वर्षको वार्षिक प्रतिवेदनमा लुकाइएको लेखिएको छ । पत्रिकामा व्यवसायीको हितमा संशोधन र नेकपामा फ्लोर क्रसको त्रास शीर्षकका अन्य समाचारहरुले पनि मुख्य स्थान पाएका छन् ।

नेपाल समाचारपत्रमा निजगढकी कुशुम चौलागाईँले आमा बन्ने क्रममा मृत्युसँगै जुध्नुप(यो । तर, अस्पतालका डाक्टर र नर्सको सीप, क्षमता र मानवीय भावनाका कारण २३ वर्षीय उनले मृत्युपछि विजय हासिल मात्र गरिनन् सकुशल आमा पनि बनिन् ।साढे चार महिनाअघि गर्भवती चौलागाईँलाई अत्यधिक टाउको दुखेको कारण अर्धचेत अवस्थामा महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय९त्रिवि० शिक्षण अस्पताल पु(याइयो, तर उनको दुई घण्टाभन्दा बढी समयसम्म कुनै उपचार भएन । उनका श्रीमान यद्ध खड्काले उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पु(याए ।त्यहाँ पु(याएको दुई घण्टामा रोग पत्ता लगाएर शल्यक्रिया गरेकै कारण आज आमा र बच्चा दुवैले नयाँ जीवन पाएका छन् । चौलागाईँलाई १२ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्