भारतले लगायो नेपाली तेल आयातमा प्रतिबन्ध, अमेरिका र इरानबीच द्वन्द्व: नेपालीहरु रातभर बङ्करमै

१० लाख नेपाली असुरक्षित


काठमाडौंबाट बिहिबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक-फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । भारतको नेपाली तेल आयातमा प्रतिबन्ध ,अमेरिकी सैनिक अखडामा गरेको आक्रमण, खाडीमा १० लाख नेपाली असुरक्षित , सभामुख चयनका सन्दर्भमा नेताहरूको गोप्य जमघट लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषयमा आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

भारतले पाम तेल (पाम आयल) आयातमा प्रतिबन्ध लगाएको खबर अन्नपूर्णले छापेको छ । पाम आयाल नेपालको प्रमुख निकासी वस्तु हो । यसको सबै हिस्सा भारतमा निकासी हुँदै आएको छ ।चालु आवको पाँच महिना (साउन मंसिर) मा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारतमा निकासी गरेको भन्सार विभागले जनाएको छ । कुल निर्यातमा पाम तेलको हिस्सा २४.२५ प्रतिशत थियो । पाम तेलको निकासी गत आवको सोही अवधिमा एक अर्ब ३५ करोड रुपैयाँ थियो ।भारतले वैदेशिक व्यापार महानिर्देशनालयले बुधबार वैदेशिक व्यापार नीतिमा भएको संशोधनका सम्बन्धमा सूचित गरेर पाम आयल आयातमा प्रतिबन्ध लगाएको हो ।नेपालका लागि यो ‘नट बोल्ट’ प्रविधिमा आधारित उद्योग हो । इन्डोनेसियाबाट कच्चा पाम तेल ल्याएर सामान्य प्रशोधनपछि भारतमा निकासी हुने गरेको थियो ।

नागरिक दैनिकका अनुसार संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन् । इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकमाथि मिसाइल आक्रमण गरेपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ । संयुक्त अरब इमिरेट्स ९युएई० स्थित नेपाली दूतावासकी डेपुटी चिफ अफ मिसन रीता धितालले अमेरिका र इरानबीच द्वन्द्व चर्केपछि युएईका अधिकारी अलर्ट अवस्थामा रहेको बताइन् ।

अन्नपूर्णमा सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओलीइतरका नेताहरूको गोप्य जमघट भएको छ ।अन्नपूर्णका अनुसार नेकपाभित्र अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच सहमति जुट्न सकस भइरहेका बेला भएको हो । बैठकमा प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए । अन्नपूर्ण लेख्छ– नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग परामर्श गरेरै उक्त बैठक राखिएको जिकिर गरेका छन् । तर, बुधबार साँझ २ घण्टा भएको छलफलमा ओली र उनीपक्षधर भनी चिनिएका नेताहरू ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल गएनन् ।

कारोबार दैनिकमा आर्थिक वर्ष आधा सकिन लाग्दा पनि आशाअनुरुप बजेट खर्च हुन नसकेपछि सरकारले सम्बन्धित मन्त्रालय तथा आयोजनालाई बजेट ‘सरेन्डर’ गराउने तयारी गरेको विषयलाई शीर्ष समाचार बनाइएको छ । फागुन मसान्तसम्ममा ५० प्रतिशत बजेट खर्च गर्न नसक्ने विकासे मन्त्रालय र आयोजनाहरुलाई अर्थ मन्त्रालयले बजेट ‘सरेन्डर’ का लागि तयार रहन अर्थमन्त्रीले जानकारी गराइसक्नुभएको समाचारमा उल्लेख छ ।प्रधानमन्त्री स्वयंले पनि अनिवार्य रुपमा फागुनसम्म ५० प्रतिशत खर्च गरिसक्न निर्देशन दिनुभएकोले सोहीअनुरुप अर्थमन्त्री डा. खतिवडाले पनि निर्देशन दिएको अर्थमन्त्रालयले पनि प्रष्ट पारेको पत्रिकामा उल्लेख छ । कारोबारले नदी बेसिन कार्यालयको सहमतिमा मात्र लाइसेन्स शीर्षकमा अर्को महत्वपूर्ण समाचारलाई पनि प्रथम पृष्ठमा समेटिएको छ ।

इराकस्थित अमेरिकी बेसक्याम्पमा इरानले गरेको आक्रमणको त्रासदीपूर्ण परिस्थिति झेलेका नेपालीको अनुभवबारे कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार, त्यहाँ कार्यरत नेपालीले जमिनमुनि बंकरमा लुकेर ज्यान जोगाएको बताएका छन् ।‘नागिरक अधिकार खोस्दै सरकार’ शीर्षकको अर्को खबर पनि कान्तिपुरमा छापिएको छ । आधा दर्जन विधेयकमा नागरिकको भेला हुन पाउने, अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रताललगायत विषयका अधिकार कुण्ठित गर्ने प्रावधान राखेर सरकारले नागरिक अधिकारमाथि प्रहार गर्न खोजेको कान्तिपुर समाचारको सार छ ।नागरिकले संयुक्त राजय अमेरिका र इरानबीच द्वद्ध बढ्दा मध्यपूर्वमा काम गरिरहेका करि १० लाख नेपाली असुरक्षित देखिएको समाचार छापेको छ । वैदेशिक रोजगारीमा गएका २५ लाख नेपालीमध्ये १० लाखभन्दा बढी खाडीका ६ मुलुकमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

राजधानी दैनिकमा प्रहरीले सर्लाहीका कुख्यात २ जना मिटर ब्याजी साहुकारमध्ये बरहथवा नगरपालिका १० सीतापुरका रामबाबु रायलाई पक्राउ गरेको समाचार छ ।पक्राउ परेका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य हुन् । अर्का मिटरब्याजी ब्रह्मपुरीका सञ्जय साह रौनियार भने फरार छन् ।

मेलम्ची खानेपानी आयोजनाको काम तोकिएको समयमै सकिने सम्भावना बढेको समाचार गोरखापत्र दैनिकमा छापिएको छ । खानेपानी मन्त्रालयमा बुधवार भएको छलफलमा मेलम्ची खानेपानी विकास समितिले तोकिएको समयमै योजना सकिनेबारे मन्त्री बिना मगरलाई विश्वस्त पारेको छ । मन्त्री मगरले आयोजनाको पछिल्लो प्रगतिबारे छलफल गरेकी थिइन् । सो अवसरमा मन्त्री मगरले तोकेको समयभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी काममा तीव्रता दिन निर्देशन दिएकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्