वैदेशिक रोजगार : एक महिनामा कति गए ? (हेर्नुहोस् तथ्याङ्क सहित)



पछिल्लो समय नेपाली युवाहरु रोजगारीका लागि विदेश जानेको संङ्ख्यामा दिन प्रति दिन वृद्धि भईरहेको छ । देशमा रोजगारीको अभाव भनु या अन्य कारण वैदेशिक रोजगारीमा जानेको चाहना जो कोहिमा पनि भएकै हुन्छ । दिनहुँ नेपालबाट कयौँ युवाहरु रोजगारी कै लागि विदेशिएका छन् । एक महिनामा कुन देशमा कति नेपालि श्रमिक विदेश पुगे त ?

नेपाल सरकार श्रम मन्त्रालय अन्र्तगतको वैदेशिक रोजगार विभागले गत मंसिर महिनामा वैदेशिक रोजगारमा गएकाहरुको तथ्याङ्क सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको मार्षिक प्रगति विवरणका अनुसार ८५ वटा देशलाई सुचिमा समावेश गराएको छ । जसमा नेपाली श्रमिक धेरै जाने देशमा साउदि अरब रहेको छ । गत मंसिर एक महिनामा मात्र साउदि अरबमा १४ हजार ३ सय ५७ जना श्रमिक गएको तथ्याङ्कमा रहेको छ ।

त्यस्तै, धेरै श्रमिक जाने देशहरुमा दुबई,कतार,मलेसिया,कुवेत र बहराईन रहेका छन् । गत मंसिर एक महिनामा मात्र दुबईमा १३ हजार २ सय ४४, कतारमा १२ हजार ९ सय १२,मलेसियामा ८ हजार ७ सय ७६ र बहराइनमा १ हजार ७९ जना रहेका छन् । भने अन्य देशहरुमा कम श्रमिहरु पुगेका छन् । विभागको तथ्याङ्क अनुसार विभिन्न ८५ वटा देशहरुमा जम्मा ५६ हजार ८ सय १० जना नेपाली श्रमिक विदेशिएका छन् । जसमा ५३ हजार २ सय १५ जना पुरुष र ३ हजार ५ सय ९५ जना महिला श्रमिक रहेका छन् ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो छ सुचि सहितको कुन देशमा कति नेपाली श्रमिक पुगे । हेर्नुहोस् यो विवरण ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्