वैदेशिक रोजगारको संस्थागत प्रगति : किन हुन्छ उजुरीको चाङ्ग ?



पछिल्लो समय नेपाली युवाहरु राजगारीका लागि विदेश जानेको संङ्ख्यामा दिन प्रति दिन वृद्धि भईरहेको छ । त्यसका साथै वैदेशिक रोजगारमा व्यक्तिगत तथा संस्थागत उजुरी बढि रहेको छ ।

नेपाल सरकार श्रम मन्त्रालय अन्र्तगतको वैदेशिक रोजगार विभागले गत मंसिर महिनाको वैदेशिक रोजगारको संस्थागत प्रगतिको विवरण सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको मार्षिक प्रगति विवरणका अनुसार उजुरी संङ्ख्यामा वृद्धि भएको पाउँन सकिन्छ ।

विभागको तथ्याङ्कलाई आधार मानेर हेर्ने हो भने पनि गत कार्तिक र मंसिर दुई महिनामा मात्र ६ सय ४१ वटा उजुरीहरु परेका छन् । त्यस्तै, उजुरी वापतको दावी रकम भने १९ करोड २९ लाख २४ हजार ७ सय ८८ रुपैयाँ भुक्तानि भएको छ । दुई महिनामा ३ सय ७३ वटा राहदानी फिर्ता भएको छ । साथै वैदेशिक रोजगारीमा विदेशी भूमिमा अलपत्र परेका मध्ये १ सय ६४ जना श्रमिकको उद्दार गरीएको छ । कल सेन्टर बाट पनि उजुरी भएको विभागको विवरणमा उल्लेख गरीएको छ । कलबाट ६ सय १८ उजुरी दर्ता भएको छ ।

विभागकै तथ्याङ्कलाई हेर्ने हो भने पनि पछिल्लो समय वैदेशिक रोजगार अव्यवस्थित भएको पाउँन सकिन्छ । त्यसलाई व्यवस्थित गर्ने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनु आवश्यक रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्