बानेश्वरबाट १३ जना जुवाडे पक्राउ, ३ लाख भन्दा बढि रकम बरामद



काठमाडौं । बानेश्वरबाट १३ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अधिकांश स्थानीय व्यावसायी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट तीन लाख ७५ हजार ४९० रूपैयाँ नगदसमेत बरामद भएको छ । विशेष सूचनाका आधारमा शुक्रबार साँझ खटिएको प्रहरी टोलीले काठमाडौं-३१ को एक घरमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको हो

वृत्तका प्रमुख डीएसपी दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्