मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या



सिन्धुपाल्चोक । मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या गर्ने सात जनालाई सिन्धुपाल्चोक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । भारत बिहार पर्सा जिल्ला पोखरीया नगरपालिका ८ बस्ने ३७ वर्षका राजकुमार मुखियालाई आफ्नै साथीहरुले सामान्य विवादमा हातपात गरेका थिए ।

गएको पुस ६ गते इन्द्रावति गाउँपालिका  ५ लामाटोलका पुर्णबहादुर तामाङको घर ढलान गरेर फर्कने क्रममा मादक पदार्थ सेवन पछि मुखियासँगै घर ढलान गर्न गएका साथीहरुले कुटपिट गरेका थिए । मुखियालाई सँगै रहेका बिरगज महानगरपालिका ११ का प्रेम यादव, सोही ठाउँका भोला माझी, राजेश मेष्तर, राजन शाहा, अशोक शाहा, बिनोद पासवान र रुपेन्दीह तिलोतमा १२ का सन्तोष थापा मगर भएर कुटपिट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका मुखियालाई ७ जनाकै समुहले बिच बाटोमा नै छाडेर भागेका थिए । भोलीपल्ट ढलान ठेकेदार राजकुमार समेतको मिलेमतोमा टयाक्टरमा राखेर मेलम्ची लैजाँदै गर्दा घाइते मुखियाको बिच बाटोमा नै मृत्यु भएको थियो । मृत्यु भएपछि नजिकै रहेको जंगलमा फालेर हिडेको डीएसपी काफ्लेले जानकारी दिए ।

साथीको मृत्यु भएपछि फरार भोला माझी शाहा, राजेश मेष्तर, राजन शाहा, अशोक शाहा, विनोद पासवान, सन्तोष थापा मगरलाई मेलम्ची नगरपालिका १३ फटकशिलामा लुकेर बसेको अवस्थामा प्रहरीले फेला पारेको थियो । त्यस्तै घटनाका मुख्य अभियुक्त प्रेम यादवालाई पर्सा विरगल महानगरपालिका १५ स्थित नेशनल मेडिकल कलेज शिक्षक अस्पताल परिसरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्