जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ



काठमाडौं, नागर्जुन नगरपालिका(४ बाफलबस्ने ३५ वर्षीय सुर्यमान श्रेष्ठको सुमन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ६ जनालाई नगद ७४ हजार ८ सय ५० रुपैयाँ र १ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, चन्द्रागिरी नगरपालिका(३ थानकोटस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ३० वर्षीय हरि श्रेष्ठ लगायत ७ जनालाई नगद ३१ हजार ५ सय ३५ रुपैयाँ र ३ बुक ताससहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, चन्द्रागिरी नगरपालिका(६ महादेवस्थान बस्ने ५० वर्षीय दल कुमार एडीको घरमा जुवातास खेलिरहेको अवस्थामा एडी लगायत ७ जनालाई नगद ७० हजार रुपैयाँ र ४ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्