पश्चिम नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ



उर्मिला यादव, सुनवल जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागु औषध सहित दुई जनालाइ पक्राउ गरेको छ । बर्दघाट नगरपालिका तीन लघुनास्थित भित्री सडक खण्डमा शनिबार जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको प्रहरी टोलीले लु ९ प ४५८७ नम्बरको मोटरसाइकललाइ चेकजाच गर्दा रामग्राम नगरपालिका वडा नम्बर १२ बस्ने ३५ बर्षिय प्रमोद कुमार रायलाइ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका रायको झोलामा लुकाइ छिपाइ राखेको अवस्थामा नोफिन १५० पिस , डाइजेपाम १५० पिस, फेनरागन १५० पिस लागु औषध फेला परेको हो । यस्तै गरी रामग्राम नगरपालिका ५ हाटबजारमा चेकजाच गर्ने क्रममा लागु औषध सहित रामग्राम ९ मधवलिया बस्ने २७ बर्षिय आजाद पाठक पक्राउ परेका छन । पक्राउ परेका पाठकबाट फेनरागन ७० पिस , नुफ्रिन ७० पिस , डाइजेपाम ७० पिस , नाइट्रोभेट १३५, इस्पास्मो १० पिस लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राय र पाठकलाइ लागु औषध मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्