खाडी मुलुक जान प्रलोभनमा परेर फस्नेमा पढेलेखेकै धेरै !

ठग्ने भने कम पढेका


काठमाण्डौ । वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीबारे समाचार दिनानुदिन बाहिर आउने गर्दछन् । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगी हुने क्रम पनि बढिरहेको छ ।

यसैबीच अमेरिका, युरोपदेखि खाडी मुलुक जान प्रलोभनमा परेर फस्नेमा पढेलेखेका धेरै छन् । रोचक त के छ भने यसरी ठग्ने व्यक्ति भने कम पढेलेखेका छन् ।मानव बेचबिखनका २ सय ६७ घटनामा संलग्न पीडित र पीडकको शैक्षिक पृष्ठभूमिको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको छ ।

झन्डै ५० लाख खर्चेर अवैध बाटो हुँदै अमेरिका छिरेका दाङ तुल्सीपुरका ३५ बर्षीय युवक ‘डिपोर्ट’ भएर यही पुस ४ गते काठमाडौ उत्रिए । प्रहरीको मानव बेचविखन ब्यूरोको प्रारम्भिक बयानमा उनले आफ्नो शैक्षिक योग्यता १० कक्षा पास मात्रै भएको बताए । थप अनुसन्धानपछि थाहा भयो, उनी स्नाकोत्तर तहको अध्ययन सकेर स्थानीय बोर्डिङमा पढाउँदा रहेछन् ।

मानव तस्करको फन्दामा परेको सार्वजनिक हुँदा आफ्नो प्रतिष्ठा कमजोर हुने सोचेर उनले आफ्नो शैक्षिक योग्यता ढाँटेका रहेछन् । दाङका यी युवाजस्तै मानव बेचविखनमा परेकाहरुमा उच्च शैक्षिक योग्यता भएका धेरै छन् । पढालेखालाई अवैध बाटोबाट अमेरिका र युरोपदेखि खाडीका देशसम्म छिराइदिने आशा देखाउने एजेन्टहरुको शैक्षिक योग्यता भने कम छ ।

मानव बेचविखनका २ सय ६७ घटनामा संलग्न पीडित र पीडकको शैक्षिक पृष्ठभूमिको अध्ययनबाट थाहा हुन्छ, पढेलेखेकैहरु थोरै पढेका कमजोर शैक्षिक योग्यता भएकाहरुबाट ठगिन्छन् । १ सय ७६ पुरुष र ९१ महिला पीडितले प्रहरीमा दिएका निवेदनमा मानव बेचविखन समूहको फन्दामा परेर २१ करोड ६१ लाख ४६ हजार रुपैंयाँ गुमाएको दावी गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्