प्रहरी भन्दै रकम असुली गरेको अभियोगमा २ जना पक्राउ



झापा । बाह्रदर्शी गाउँपालिका-३ राजगढ बजारमा स्थानीय व्यापारीसँग प्रहरी भएको भन्दै नगद असुली गरिरहेको अवस्थामा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गौरीगंञ्ज गाउँपालिका-१ बस्ने २८ वर्षीय पर्शुराम महतो र सोही गाउँपालिका-३ बस्ने २० वर्षीय जिवन दास रहेका छन् ।

उनीहरुले प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआइबी प्रहरी हौं भन्दै ७ हजार रुपैयाँ हजार नगद असुली गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्