पाल्हिनन्दन गाउपालिकामा संवाद केन्द्रको उद्घाटन



 

उर्मिला यादव सुनवल
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिकामा आज एक कार्यक्रमका बिच संवाद केन्द्रको उदघाटन गरीएको छ । संवाद समितीका संयोजक देबेन्द्र पटेलको अध्यक्षता तथा पाल्हिनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको प्रमुख आथित्यतामा संवाद केन्द्रको आज उद्घाटन गरीएको हो ।

संवाद केन्द्रको उदघाटन गर्दै गाउपालिका अध्यक्ष गुप्ता दिपकले सम्पुर्ण किशोर किशोरीहरुको हकहितको लागी गाउपालिका लागी पर्ने बताउदै किशोर किशोरीहरुलाइ कुनै समस्या परेमा गाउपालिकाको तर्फबाट र आफनो ब्यक्तिगत तर्फबाट पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

एबिसी नेपाल र पाल्हिनन्दन गाउपालिकाको आयोजना तथा स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोगमा उदघाटन गरीएको कार्यक्रममा अतिथीहरुमा खिलेश पटेल, समाजसेवी राधे गौड, जयहिन्द पटेल, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

२ सय जनाको सहभागिता रहेको कार्यक्रममा एबिसी नेपालका सुपरभाइजर राजेश कुमार आर्यले कार्यक्रम संचालन गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्