दामनमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको मृत्यु



काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस्६ पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार बिहान अचेत अवस्थामा फेला परेका ४ पुरुष र ४ जना महिला भारतीय पर्यटकको उपचारका क्रममा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको हो ।

मंगलबार बिहान अचेत अवस्थामा फेला परेपछि ८ जनालाई नै उपचारका लागि ह्याम्स अस्पताल पुर्‍याइएको थियो । ५ र ३ जना गरी दुई पटकमा गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनीहरुको ह्याम्स अस्पतालको आकस्मिक कक्षमा उपचार शुरु गरिएको थियो । उनीहरुको उपचारकै क्रममा मृत्यु भएको सूचना प्राप्त भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । मृतकहरुको पहिचान भने खुल्न सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्