धादिङमा मिनि ट्रक दुर्घटना, ६ जनाको मृत्यु (भिडियाे सहित)



काठमाडौँ । धादिङको ज्वालामुखी गाउँपालिका-४ मन्डली दर्शन गरेर फर्केिएका दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २५ जनाभन्दा बढी घाइते भएको प्रहरीले बताएको छ ।

निलकण्ठ नगरपालिका-८ मैदीभञ्जाङमा ग १ ख १२८० नम्बरको ट्रक पल्टिएको हो। ट्रकमा मंगलबार मण्डली दर्शन गरेर फर्किएका निलकण्ठ-२ भुलभुलेका स्थानीयबासी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ । घटनास्थलमा नेपाल प्रहरी र स्थानीय उद्धार गरिरहेका छन्।

अधिकाट्रकमा करिब ४० यात्रु सवार रहेको अनुमान गरिएको छ। प्रत्यक्षदर्शीका अनुसार तीब्र गतिका कारण दुर्घटना भएको हो। घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइराखेको छ। क्षतिबारे थप बिबरण आउन बाँकी  छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्