धादिङ दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो (अपडेट) (भिडियाे सहित)



काठमाडौं । धादिङको मैदी भञ्ज्याङमा आज अपराह्न भएको मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते ११ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

मंगलबार अपराह्न ग–१ ख ८०१२ नम्बरको मिनी ट्रक नीलकण्ठ नगरपालिका–८ मैदी भञ्ज्याङमा दुर्घटना भएको थियो। नीलकण्ठ नगरपालिका– १ भुलभुलेबाट ढोला मण्डलीमा पूजा गर्न गई फर्किने क्रममा उक्त ट्रक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो । मृत्यु हुनेहरूको सनाखत हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्