आज देशभरको मौसम सफा रहने, यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान



काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहेको जनाएको छ । आज विहान ६ बजे मौसम सम्बन्धी जानकारी दिँदै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको हो ।

महाशाखाले वर्षा र हिमपातको सम्भावना नभए पनि तराई भू-भागका अधिकांश स्थान लगायत पहाडी भू-भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ८ गते (बुधबार) दिउँसो मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ। त्यस्तै राति मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ। माघ ९ गते (बिहिबार) दिउँसो मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा पुर्वी तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

त्यस्तै राति देशको पुर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ । भने माघ १० गते (शुक्रबार) दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु आम सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्