लमहीमा नगरबिकासले अव्यवस्थित टहरा हटाउने ,व्यावसायिक भन्छन् हाम्रो पेटमा लात हानिदैछ



 टेकबहादुर पुन,दाङ लमही नगरबिकास समितिले लमही बसपार्कलाई ब्यबस्थित गर्ने कार्य जारी राखेको छ । पहिलेको तुलनामा अहिले बसपार्क फराकिलो तथा ब्यबस्थित देखिन्छ । बसपार्कको मुहार फेर्नका निमित्त लमही नगरबिकास समितिले बसपार्क एरियालाई पक्कि ढलान समेत गरिसकेको छ । तर, केही अब्यबस्थित रुपमा रहेका ब्यापारिक टहराले भने बसपार्कलाई अव्यवस्थित नै देखाएको छ ।

लमही नगरबिकास समितिका सुचना अधिकारी हरिकृष्ण खनाल भन्छन् अबको केहि दिन मै अव्यवस्थित टहरालाई हटाउने योजना छ । पहिले ४१ वटा टहरा थिए, तिनी टहरा हाम्रै स्विकृतिमा बसेका हुन् अहिले त ६० वटा टहरा पुगेछन् जसले गर्दा नगर बिकासको झण्डैं डेढ कठ्ठा जग्गा अतिक्रमणमा पनि परेको छ खनालले भने । केही टहरा हाईवेयको नाला छेउँमै सटेका पनि छन् । जसले गर्दा ब्यबस्थित बन्दै गएको बसपार्कको दृश्य उस्तै देखिन्छ ।

अव्यवस्थित टहरालाई हटाउन नगर बिकास समितिले योजना अघी सारेपनी लिखित निर्णय भने गरेको छैन ।

“हामिले अव्यवस्थित टहरा हटाउन भन्दै मौखिक अनुरोध गरेका छौं, तिनिहरुको ब्यबस्थापन कहाँ गर्ने भनेर अन्योल पनि छ सुचना अधिकारी खनालले भने-सर्बदलिय सर्बपक्षिय बैठक बोलाउने तयारी छ, छलफलबाटै यसको निचोड निस्कन्छ ।”

यता अब्यबस्थित टहरा भनिएका ब्यबसायीले भने हामी पहिले देखि गर्दै अाएको ब्यापार छोड्न नसक्ने बताउँछन् । “हाम्रो रोजीरोटी यही टहराबाट हुन्छ, बसपार्क ब्यबस्थापनको नाममा हाम्रो पेटमा लात हान्ने काम हुँदैछ एक ब्यापारीले भने,यहाँ भए हामीलाई अन्यत्र ब्यबस्थापन गरियोस्, हाम्रो रोजीरोटी नखोसियोस्” अव्यवस्थित भनिएका टहराहरु १९ वटा रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्