यी हुन् वैदेशिक रोजगार विभागको शाखा कार्यालय र तीनको काम



नेपालमा वैदेशिक रोजगार विभागको शाखा कार्यालय ७ वटा रहेका छन् । ती कार्यालयका आ–आफ्नै काम रहेको छ । हाल वैदेशिक रोजगारीमा करिब ४० लाख युवा विदेशमा रहेका छन् । तथ्याङ्कका अनुसार दैनिक रुपमा १५ सय नेपाली युवा रोजगारीकै शिलशिलामा विदेशिने गरेका छन् ।

देशमा रोजगारीको वातावरण नभएर भनु या बाध्यताले नेपाली युवाहरु आफ्नो देश छोडेर विदेशिनु परेको छ । तीनै विदेशिएका युवाहरुलाई सहज होस भनेर वैदेशिक रोजगार विभागले आफ्ना शाखा कार्यालयहरु बाट सेवा प्रदान गरिरहेको छ । प्रशासन योजना तथा संस्था दर्ता, उद्वार तथा राहत समन्वय, अनुसन्धान तथा मुद्दा, अनुगमन तथा अभिमुखिकरण, सूचना प्रविधि, आर्थिक प्रशासन र श्रम कक्षमा विभाजित भएर वैदेशिक रोजगार विभागले कार्य गरिरहेको छ ।

यी हुन् वैदेशिक रोजगार विभागको शाखा कार्यालय र तीनको काम :

प्रशासन योजना तथा संस्था दर्ता शाखा :– यस शाखाले वैदेशिक रोजगार संग सम्बन्धित रहेर काम गर्ने मेनपावर तथा सम्बन्धित संस्थाको दर्ता गर्दछ । साथै वैदेशिक मामिला सम्बन्धित प्रशासन योजनाका कार्यहरु गर्दछ ।

उद्वार तथा राहत समन्वय शाखा :– यस शाखाले वैदेशिक रोजगारीमा गएका युवाहरुको उद्धार तथा राहतको व्यवस्था गर्ने काम गर्दछ । विदेशमा विविध कारणले फसेकाहरुको उद्धार र मानविय क्षतिको राहत प्रदान गर्ने कार्यमा समन्वय गर्ने कार्य यस शाखाले गर्दछ ।

अनुसन्धान तथा मुद्दा शाखा :– यस शाखाले वैदेशिक रोजगार सम्बन्धित विषयमा रहेर अनुसन्धान तथा सम्बन्धित विषयका मुद्दामा केन्द्रित भएर काम गर्ने गर्दछ । विषेशत रोजगारीको शिलशिलामा विदेश पुगेका कामदारमा कुनै मुद्दा लागेमा त्यस सम्बन्धि अध्ययन र अनुसन्धान गर्ने गर्दछ ।

अनुगमन तथा अभिमुखिकरण शाखा :– यस शाखाले वैदेशिक रोजगारमा जाने कामदारहरुलाई अभिमुखिकरण दिनुका साथै उनीहरुको कामको अनुगमन पनि गर्दछ । कामदारलाई आवश्यकता अनुसारको तालिम तथा अभिमुखिकरण कक्षाको संञ्चालन गर्ने र विदेशमा रहेका कामदारको अनुगमन गर्दछ ।

सूचना प्रविधि शाखा :– वैदेशिक रोजगार सम्बन्धि सूचनाहरु प्रदान गर्ने कार्य यस शाखाले गर्दछ । वैदेशिक रोजगार सम्बन्धि सूचनाहरु संकलन गर्ने, जानकारी प्रदान गर्ने र विदेशमा रहेका कम्पनिहरु संग सम्र्पकमारहि त्यसका जानकारी प्रदान गर्ने, वैदेशिक रोजगार सम्बन्धि सरकारका ऐन नियमहरु प्रदान गर्ने लगाएतका कामहरु गर्दछ ।

आर्थिक प्रशासन शाखा :– वैदेशिक रोजगारमा सरकारबाट के–कति आर्थिक कारोबार भए भन्ने लेखाजोखा राख्ने काम यस शाखाले राख्ने गर्दछ । नेपालमा विशेषत वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स नै देशको प्रमुख आर्थिक स्रोत भईरहेको छ । त्यसका साथै सरकारबाट हुने लगानी र आम्दानिलाई पनि यस आर्थिक प्रशासन शाखाले सम्बन्धित भएर काम गर्ने गर्दछ ।

श्रम कक्ष :– वैदेशिक रोजगार विभागको अर्को महत्वपूर्ण कार्य यस श्रम कक्षले गर्दछ । यसले वैदेशिक रोजगारीमा जाने कामदारलाई सम्बन्धित कामको बारेमा सिप प्रदान गर्ने गर्दछ । साथै त्यसका बारेमा अन्य जानकारीहरु समेत प्रदान गर्दछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्