दुबईमा निधन भएका सोमराजको परिवारलाई सामाजिक अभियन्ताद्धारा सहयोग



जब मानिस यो धर्तीमा जन्म लिन्छ तव विस्तारै उसको उमेर वृद्धी हुदै जान्छ । उसँग घर परिवार, समाज जोडिएको हुन्छ । आफ्नो परिवारलाई खुसीका साथ राख्ने सबैको चाहाना हुन्छ । आफ्नै देशमा केही गरौँ भन्दा भन्दै पनि देशको अस्थिर राजनिति तथा भ्रष्टाचारी बढदै जाँदा देशमा बेरोजगारी सिर्जना हुन्छ । आफ्नो देशमा रोजगार नपाए पछि त्यही बेरोजगारीका कारण नेपालीहरु अरुको भुमीमा गएर आफ्नो पसिना बगाएर परिवारलाई अझ माथि उकास्न सकिन्छ कि भनेर आफ्नो हातको दशनङ्ग्रा खियाएका हुन्छन । आफुले राम्रो सोच्दा सोच्दै पनि बेदेशिक रोजगार कतिलाई फाप्ने हुन्छ भने कतिलाई फाप्दैन । हो त्यस्तै भयो दाङका सोमराज वलीलाई पनि ।

दाङको बबई गाउँपालिका वडा नं.५ बबरपुर निवासी ३५ बर्षिय सोमराज वली बैदेशिक रोजगारीको लागि दुबई गए । कामकाज राम्रै चल्दै थियो घर परिवारमा पनि खुसी नै थियो । समय बित्दै गयो, सोमराज दुबई पुगेको करिब २३ महिना भइसकेको थियो । तर दैवले पनि गरिब दुखि परिवारलाई नै दुःख दिदो रहेछ । यता घरमा सोमराजको श्रीमती खिमा वली रुखबाट लेडेर आधा शरिर चल्ने र आधा शरिर नचल्ने भयो । यो खबर सुने पछि सोमराज घर फर्कने तर्खरमा थिए । तर उनले सोचे घर गएर पनि मैले गर्ने के ? त्यो भन्दा यतै काम गरेर केही रकम जम्मा गर्छु अनि श्रीमतीको उपचार गर्ने सोचे । खिमालाई उपचारका लागि धेरै ठाँउ लगियो तर पैसाकै कारणले रोग पूर्ण रुपमा निको हुन सकेन । उता श्रीमानले जसरी भए पनि आफ्नो श्रीमतीलाई सन्चो गराउन चाहन्थे । उनी रात दिन नभनि ड्युटीमै खटिने गर्थे ।

तर संयोग यस्तो आयो विल्डिङ कन्ट्रक्सन कम्पनीमा कार्यरत सोमराजले देखेका सपना र उनले चाहेका चाहानाहरु सबै सपनामै सिमीत रह्यो । उनको यहि माघ १२ गते भवन निर्माणको क्रममा लडेर गम्भिर घाइते भएका वलीे उपचारको क्रममा मृत्यु हुन पुग्यो । यता परिवार विचल्लीमा प¥यो, घरको सबै जिम्मेवारी वलीकै भरमा रहेको परिवार वलीको निधनसँगै सबै सपनाहरु चक्नाचुर भए । उक्त परिवारलाई केही भए पनि सहयोग गरौँ भन्ने हेतुका साथ बबई ३ निवासी समाजसेवी अभियन्ता प्रकाश वली र गादिराम खड्काले उक्त परिवारलाई सहयोग गर्न सहयोगी अभियान सुरु गरे । उक्त अभियानबाट भारतको गोवामा बस्ने नेपालीहरुबाट उठाएको रकम रु १७२८० सत्र हजार दुई सय असी संकलन गरिएको रकम सोमराजका श्रीमती खिमा वलीलाई हस्तान्तरण गरिएको हो । सामाजिक अभियन्ता नेब बहादुर खड्काले सहयोगी मनहरुलाई धन्यावाद ज्ञापन गर्दै उक्त परिवारलाई सहयोग गर्न चाहने ईच्छुक महानुभावले नेपाल बंगालादेशको हापुरे शाखामा रहेको खिमा वलीको खाता नं. ०६४००३७११ मा सहयोग गर्न अपिल गरेका छन ।

यो समस्या आज वली परिवारमा मात्र होइन भोलि तपाई हाम्रै घरमा पनि पर्न सक्छ त्यसैले उक्त परिवारलाई आफुले सकेको जति मानवीय भावनाले सहयोग गरि पुण्य कमाउ र सभ्य समाजको निर्माण गरौँ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्