म्यानपावरलाई पैसा बुझाए पनि जापान जाने सपना अधुरै



काठमाडौं । मासिक दुई हजार तीन सय १० अमेरिकी डलर कमाइ हुने प्रलोभनपछि काभ्रे रोसीका भिमबहादुर मगरले बी एन्ड बी म्यानपावरमा पाँच लाख रुपैयाँ बुझाए । तर उनको न जापान जाने सपना पुरा भयो, न त फसेको रकम नै उठ्न सक्यो । उनले पैसा म्यानपवर सञ्चालक अजय तामाङको बैंक खातामा हालेका थिए ।

पैसा बुझाएको रसिद हातमा लिएर महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा धाईरहेका उनले भने, सापट गरेर पाँच लाख रुपैयाँ सरक्क ल्याएर म्यानपावरलाई बुझाएँ । रसिद पनि लिएँ । तर जापान लगेन । पक्राउ पछि यहि रसिद राखेर जाहेरी दिन खोजेँ । तर, प्रहरीले प्रमाण पुग्दैन भन्दै जाहेरी पनि लिन मानेन ।

मगरका अनुसार यो म्यानपावरले जापान लैजाने प्रलोभनमा कम्तीमा ३७ युवालाई ठगेको छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्