एमसिसी संशोधन अमेरिकालाई अमान्य, नयाँदिल्लीमा राजपा नेताको लस्कर



काठमाडौंबाट बुधबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक/ फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । एमसिसी संशोधन अमेरिकालाई अमान्य, नयाँ आइजीपी लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषय आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकमा मुलुकमा पछिल्लो समय किचलोको विषय बनिरहेको एमसिमी संशोधन अमेरिकालाई अमान्य हुने समाचार समेत छापिएको छ । अमेरिकाले एमसिसी सम्झौता कार्यान्वयनमा गइसकेकोले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ ।

एमसिसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिकी मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरुलाक् अमेरिकाको धारणा प्रष्ट पारेका हुन् । कार्यान्वयन चरणमा गएपछि परिवर्तनको गुञ्जायस नहुने भन्दै ब्रुक्सले स्पष्ट सन्देश दिए– ‘अबको परिवर्तन अमेरिकालाई मान्य हुँदैन ।’ सत्तारुढ दल नेकपाभित्र एमसिसी सम्झौता संशोधन गरी अनुमोदन गर्न सकिने चर्चा उठिरहेको बेला अमेरिकीको यस्तो चेतावनी आएको हो ।

कारोबार दैनिकमा सहकारीे क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघकोले वैदेशिक अध्धयन र भ्रमण शीर्षकमा करोडों खर्च गरेको पाइउको छ । सहकारी विभागले गरेको अनुगमनमा महासंघले ३ वर्षमा वैदेशिक भ्रमण तथा तालिम शीर्षकमा डेढ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको भेटिएको हो ।

नागरिक दैनिकमै तीन दिनसम्म अवरुद्ध प्रतिनिधिसभा बैठक मंगलबारदेखि सुचारु भएको छ । ललिता निवास प्रकारणमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पक्षपातपूर्ण ढंगले भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेका कारण संसद बैठक बस्न सकेको थिएन । मंगलबारको बैठकमा कांग्रेसकी सचेतक पुष्पा भुसालले संवैधानिक अंगमा सरकारको हस्तक्षेत्र हुन नदिन कांग्रेसले सदनबाट खबरदारी गरिरहने बताइन् ।

विद्यार्थी पढाउन नोबेल मेडिकल कलेजले गरेको अटेरीबारे पनि कान्तिपुरले समाचार छापेको छ ।नयाँ पत्रिकाले घरेलु मजदुरका रूपमा कार्यरत बालबालिकाबारे सोधीखोजी गरेको छ । समाचार अनुसार, ५५ हजार बालबालिका घरेलु मजदुरका रूपमा कार्यरत छन् ।

घरेलु मजदुरका रूपमा कार्यरत बालबालिकामाथि शोषण र कुटपिट हुँदा अनेक घटना हुने गरेको नयाँ पत्रिका समाचारको सार छ । नयाँ पत्रिका लेख्छ– पूर्वसचिव अर्जुन कार्कीको घरमा भएको जघन्य अपराधमा संलग्नप्रति सहानुभूति देखाउन सकिँदैन । तर गैरकानूनी रूपमा बालबालिकालाई घरेलु मजदुर राख्खने मालिकले कुटपिट मात्र होइन, श्रम शोषण र यौन उत्पीडन गरेका अनेक घटना प्रहरीमा छन् ।

पत्रिकामै नेपाल प्रहरीको आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त भएको समाचार पनि छापिएको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले माघ २९ गतेबाट ३० वर्षे सेवा अवधी हदका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो । आईजीपीको लागि डीआईजी तारिणीप्रसाद लम्साल र सूर्य उपाध्यायको पनि चर्को लबिङ भएको थियो । बरियताक्रममा लम्साल दोस्रोमा थिए भने उपाध्याय तेस्रोमा ।
२०२२ असोज २८ गते प्यूठानको तत्कालीन बाधिकोट गाविसमा जन्मिनु भएका ज्ञवालीले राजनीति शास्त्रमा एमए गरेका छन् ।
ज्ञवाली २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।

राजधानी दैनिकमा संघीय सरकारमा राष्ट्रिय जनता पार्टी( राजपा) नेपाल सहभागी हुने चर्चा चलिरहँदा राजपा अध्यक्षमण्डलका तीन सदस्य भने सुटुक्क भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी९नेकपा०सँग नजिक रहेको चर्चा चलिरहेका बेला राजपा अध्यक्षमण्डलका राजेन्द्र महतो, शरदसिंह भण्डारी र राजकिशोर यादव नयाँदिल्ली पुगेका हुन ।पाँच दिनअघि भण्डारी, तीन दिनअघि महतो र एक दिनअघि यादव नयाँदिल्ली गएका हुन ।दुईमहिना अघि राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर गएर फर्किएपछि तीन नेता दिल्ली गएका हुन ।केही दिनभित्रै अर्का नेता महेन्द्रराय यादवसमेत दिल्ली जाने राजपा स्रोतको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्