रोजगारीका लागि कोरियामा नेपालबाट कामदार पठाउन बन्द , जान ठिक्क परेका ५० नेपाली युवा रोकिए



काठमाडौं । दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण फैलिएपछि नेपालबाट कामदार पठाउन बन्द गरिएको छ।परिस्थिति सामान्य नभएसम्म कोरियामा कामदार नपठाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए।

तत्काललाई कोरियामा कामदार पठाउन स्थगित गरिएको छ,’ उनले भने, ‘परिस्थिति सामान्य भएपछि पठाइनेछ।’

अहिले कोरियामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद फागुन १८ गते उडान निश्चित भएका ५० जना कामदारलाई नपठाइने बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्