अमेरिकाको कामादार भिसा खुला, दिने होइन त आवेदन ?



काठमाडौं । अमेरिकाले कामदार भिसा खुला गरेको छ । एचवान बी भिसा खुला भएसँगै यसको अनलाइन दर्ता पनि सुरु हुने भएको छ ।

अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउँसो १२ बजेबाट सुरु हुने यूएससीआईएसले घोषणा गरेको छ । नेपाली समय अनुसार दिउँसो १२ बजेदेखि दर्ता खुल्ने र मार्च २० दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिने युएससीआईएसले जनाएको छ ।

सन् २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदक र उनीहरूका प्रतिनिधिहरूले आवेदक र लाभग्राहीको विवरण भरेर अनलाइनमार्फत दर्ता गराउन सक्नेछन् ।

हरेक दर्ताका लागि यूएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । तर उक्त नम्बर केस नम्बर नभएका कारण यूएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन । भिसा आवेदनका लागि १० डलर दर्ता शुल्क लाग्ने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । पहिलोपटक तीनवर्षका लागि एच वान बी भिसा प्राप्त हुने र त्यसपछि थप तीनवर्षका लागि रिन्यु गर्न पाइने व्यवस्था छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्