नेकपाका शीर्ष नेता धनगढीमा



काठमाडौं । पार्टीको सुरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरु कैलालीको धनगढी पुगेका छन् ।
प्रशिक्षण कार्यक्रमलाई नेकपा बरिष्ठ नेता माधव कुमार नेपाल, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधान एवंम रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा सुदरपश्चिम ईन्चार्ज एवंम स्थायी समिति सदस्य भीम रावल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टी्भित्रको आन्तरिक द्वन्द्व चर्किरहँदा नेताहरु सुदुरपश्चिमस्तरीय कार्यकर्ता प्रशिक्षणमा जुटेका हुन् ।

एकताको भावना बमोजिम पार्टीलाई सुदृढ बढाउने केन्द्रीय कमीटि बैठकको म्यान्डेट बमोजिम नेकपा कार्यकर्ता भेला तथा प्रशिक्षणमा लागेको हो । यसलाई महाधिवेशन पूर्वतयारीको रुपमा समेत बुझिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्