‘प्रचण्ड’लाई जुत्ता प्र–हार गर्ने तिरुवामाथि अनुसन्धान गर्न छानबिन समिति गठन



नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गरी जुत्ता प्रहार गर्नेमाथि अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन भएको छ ।

जुम्लाका रतन तिरुवामाथि अनुसन्धान गर्न महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको हो । यस समितिमा महानगरीय प्रहरी परिसरका डिएसपी होवीन्द्र बोगटी र सिंहदरबार वृत्तबाट इन्स्पेक्टर युवराज तिमल्सिना रहेको महाशाखाका प्रमुख एसएसपी थापाले बताए । आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको प्रथम स्मृति सभा सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै तिरुवाले जुत्ता प्रहार गरेका थिए ।

उनलाई तत्कालै पक्राउ गरिएको थियो । उनीविरूद्ध अभद्र व्यवहारको मुद्दा चलाउने तयारी भइरहको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए । ‘प्रहरीले पक्राउ गरी ल्यायो अब अभद्र व्यवहारको मुद्दामा अघि बढ्छ,’ डिएसपी बोगटीले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्